सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२२ जेठ, काठमाडौँ । साताको पाचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३६७.७९ अमेरिकी डलर र चाँदी ३४.४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours