Advertisement

काठेखोलाले बनायो ‘डिजिटल प्रोफाइल’

0 181

Advertisement

०५ साउन, बलेवा । काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रबिष्ट गरी ‘डिजिटल प्रोफाइल’ तयार पारेको छ । गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि प्रोफाइलले सहयोग गर्ने जनाइएकोछ ।

गाउँपालिकाले तयार गरेको ‘डिजिटल प्रोफाइल’ सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारीदिनुभयो । “अब हरेक घटना र विवरणहरु क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ”, उहाँले भन्नुभयो, “प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।” गाउँपालिकाको भौगोलिक अवस्थादेखि कलासंस्कृति र जनसङ्ख्यासम्मका विवरण प्रोफाइलमा भेटिने उहाँले दाबी गर्नुभयो । व्यक्तिगत घटना दर्ता, राजश्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यमबाट शुरुआत गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि प्रोफाइल तयार गरेको जनाएको छ ।

“हरेक घरको तस्बिर हुन्छ, घरमा रहेका सदस्य सङ्ख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि शुरु हुन्छ ।” यसका लागि गाउँपालिकाले गत आवमा रु २५ लाख बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको उहाँले बताउनुभयो । आठ वडा रहेको गाउँपालिकाले सबै वडाका हरेक घरमा पुगेर विवरण सङ्कलन गरेको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.