मानव अधिकार तथा शान्ति समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
३१ जेठ, काठमाडौं । सामाजिक कार्यमा सधै क्रियासिल रहने मानव अधिकार तथा शान्ति समाजले विश्व रक्तदातको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजको आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको, छोटो समयको तयारी तथा अहिलेको अवस्थामा पनि स्थानीय तथा सामाजिक व्यक्तिहरुको उपस्थितिमा २७ जना व्यक्तिहरुले रक्तदानमा सहभागि जनाएको मानव अधिकार तथा शान्ति समाज काठमाडौंका सचिव ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।
रक्तदानमा सहभागि रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजका सदस्यहरु, स्थानीय युवाहरु संगै गोकर्णश्वर नगरपालिकाका वडा ०७ का अध्यक्ष केशव गुरुङ लगायत मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले महासचिव रामकृष्ण बराल, लगायतका अन्य सदस्यहरु उपस्थित रहेको मानव अधिकार तथा शान्ति समाज काठमाडौंका कार्यवहाक सभापति तथा कार्यक्रम संयोजक नानीकाजी गिरीले बताउनुभयो ।
उक्त कार्यक्रम काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा ०७ स्थित दक्षिणढोका शान्ति बाटिका प्राङगणमा १० बजेबाट सुरु भएको हो । पुडासैनीले निषेधज्ञाको समयमा रक्तदान कार्यक्रम राम्रै संग सम्पन्न भएको । र कार्यक्रमा उपस्थित सवैमा सामाजिक कार्यमा सहभागि हुने सवैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
कार्यक्रम सामजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरीएको उनले जानकारी दिए ।
याे पनि हेर्नुहाेस्