Advertisement

नेपाल निवासमा पुगे देउवा र दाहाल

0 572

Advertisement

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् ।

नेता नेपाललाई भेट्न पहिले देउवा पुगेका थिए भने त्यसको केहीबेरपछि दाहाल पुगेका थिए । नेता नेपाललाई भेट्न महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर देउवा कोटेश्वर पुगेको स्रोतले जानकारी दियो ।

नेकपा एमालेभित्र एकताका लागि दबाब बढिरहेका बेला आफूलाई समर्थन गरेका नेता नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन् ।

यसअघि नेता नेपाल पक्षका सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका छन् । देउवा, दाहाल र नेपालबीच के विषयमा कुराकानी भएको भन्नेबारेमा केही बताइएको छैन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.