Advertisement

चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

0 1,068

Advertisement

२८ जेष्ठ, काठमाडौं । लन्डन निवासी नेपाली मोडल अनिता लिम्बूले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी qq ।

सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गर्दै सम्पर्क गरेको थियो । आयोजकको आग्रहपछि उनी अडिसनमा सहभागी हुँदै कार्यक्रममा सहभागी हुन पुगेकी हुन् ।

उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत गत हप्ता प्रसारण भएको छ । आई टिभी हबमार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङ जिल्लामा जन्म भइ इटहरीमा हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

नेपालमा कक्षा १२ सम्मको अध्ययन सकाएर अध्ययनकै शिलशिलामा यूके गएकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शोमा पनि भाग लिइसकेकी छिन् ।

यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन् । ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन् ।

लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन । उनले धेरै नेपली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.