Advertisement

नविल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ शाखा

0 46

Advertisement

१८ जेठ, काठमाडौं । नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ। बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो।

बैंकले नविल बैंक अब तपाईँसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा बिस्तार गरिरहेको छ। कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरु प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको‍ बताए।

उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए। उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकहरुको शाखाहरु एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए।

डिजिटल‍ प्रविधिको कारणले बैंकहरुको धेरैँ शाखा भएपनि कम कर्मचारी भएपनि शाखा सञ्चालन गर्न सकिएको उनले बताए। बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी वागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.