Advertisement

स्वास्थ्य बीमामार्फत् बिरामीलाई एकैपटक ३ महिनासम्मको औषधि

0 12

Advertisement

१२ जेठ, काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा आवद्द बिरामीहरुलाई एकै पटक ३ महिना सम्मको लागि औषधि (आवश्यक पर्ने बिरामीको लागि) दिने भएको छ।

चिकित्सकको प्रेसक्रिप्सनअनुसार हाल भरतपुर अस्पतालले २ महिनाको लागि मात्र औषधि वितरण गर्दै आएको थियो। बीमाका बिरामीको भीड कम गर्न र उनीहरुको सुविधाका लागि यो निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।

उनले भने, ‘बिरामीको भीड कम गर्न र उनीहरु पटक पटक अस्पताल आउन नपरोस् भनेर हामीले यो निर्णय गरेका हौँ।’

एकै पटक तीन महिनाको औषधि वितरण गर्दा बिरामीको भीड कम हुने अस्पतालको अपेक्षा छ। बिरामीको भीड कम भए यही निर्णयलाई निरन्तरता दिइने तर कम नभए पुर्नविचार गरिने डा पौडेलले बताए।

औषधि लिने बिरामीहरुले दिउँसो १ बजेदेखि २ बजेको टिकट काटी ५ बजेसम्म सेवा लिन सकिने अस्पतालले जनाएको छ। बिहान ९ देखि ११ बजेसम्म बिरामीको भीड अत्यधिक हुने भएकाले उक्त समयमा आउन अस्पतालले सबैमा आग्रह गरेको छ।

हाल भरतपुर अस्पतालको ओपिडीमा दैनिक १४ सयदेखि २२ सय सम्म बिरामी उपचारका लागि पुग्ने गर्छन्। जसमध्ये स्वास्थ्य बीमाका मात्रै ७० प्रतिशत बिरामी रहेको अस्पतालले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.