प्रतिनिधिसभाको अधिवेशन अन्त्य, ओली शीतल निवासमा
२७ बैशाख, काठमाडौँ । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गरेको हो ।
मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।