नेपालमा थप ९ हजार १२७ जनामा कोरोना संक्रमण, १३९ जनाको मृत्यु
२७ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ९ हजार १२७ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी एकैदिन थप १३९ जना कोरोना संक्रममितको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।