Advertisement

यो संविधान नौ/दश वर्षमा भत्किने खालको होइन : सुवास नेम्वाङ

0 30

Advertisement

१४ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान नौ/दश वर्षमा भत्किने खालको नभएको बताएका छन्। शनिबार एमालेको केन्द्रीय कार्यालयद्वारा आयोजित ‘सहिद स्मृति कार्यक्रम’मा सम्बोधन गर्दै उनले विगतमा जस्तो अहिलेको संविधानलाई कुनै खतरा नरहेको बताए।

संविधान जारी गर्ने संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङले संविधानमाथि खतरा नरहेको कारण उल्लेख गर्दै भने, ‘यो कुनै राणा शासक, कुनै राजा शासक अधिकारको स्रोत भएको संविधान होइन। नेपाली जनता अधिकारको स्रोत भएको संविधान हो। त्यसैले जनताले जनताका लागि बनाएको संविधान हो। यो संविधानभन्दा माथि कुनचाहिँ तह छ संविधान बनाउन बाँकी? कसले नयाँ संविधान बनाउने? प्रश्न भनेको यो हो।’

नेम्वाङले संविधान बनाउँदा देशमा भएका सम्पूर्ण सन्दर्भहरुमा मसिनोसँग छलफल गरेको बताए। समझदारीको दस्तावेजको रुपमा आफूहरुले सहिदहरुको सम्मानमा संविधान बनाएर जारी गरेको उनको भनाइ छ। ‘जनताले बनाएको संविधान हो। जुनसुकै कुराको यसमा जवाफ छ’, उनले थपे।

नेम्वाङले संविधान सभाबाट संविधान जारी भएको दोहोर्‍याउँदै अब परिवर्तनका लागि अर्को आन्दोलन गर्नु नपर्ने बताए। राजनीतिक आन्दोलन पूरा भएको उनको भनाइ थियो।

‘आवधिक निर्वाचन सम्पन्न हुँदा जनताको आशिर्वाद जित्नुस्, संसद्‌मा पुग्नुस्, संसद्‌मार्फत् आवश्यक परिवर्तन र परिमार्जन गर्नुस्’, उनले भने, ‘चाहेको परिवर्तन त्यहीँबाट प्राप्त हुन्छ। अब आन्दोलन गरिराख्नुपर्दैन।’

राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक थुप्रै परिवर्तन गर्न बाँकी रहेको उनको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.