Advertisement

सेती अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु

0 53

Advertisement

१३ पुस, धनगढी । सेती प्रादेशिक अस्पतालले आधुनिक सीटी स्क्यान मेसिनबाट पूर्णकालीन रूपमा बुधबारदेखि सेवा सुरु गरेकोे छ।

बुधबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै एक सय २८ स्लाइसको सीटी स्क्यान मेसिन सम्पूर्ण परीक्षण कार्य सम्पन्न गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिएको हो। अस्पतालका अनुसार धनगढीमा रहेका निजी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान मेसिन भए पनि सेतीमा आधुनिक सीटी स्क्यान मेसिन जडान गरी सुरु गरिएको जनाइएको छ।

आन्तरिक व्यवस्थापनको कमजोरीका कारण अस्पतालले यसअघि सीटी स्क्यानमार्फत इर्मेजेन्सीका बिरामीलाई सेवा प्रदान गर्दै आएको थियो। पूर्ण रूपमा मेसिन सञ्चालन आएसँगै अब अस्पतालबाट सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा हेमराज पाण्डेले बताए।

मेसिन जडान गरी परीक्षण गर्दा सञ्चालनका लागि उचित रहेको रिपोर्ट आए पनि मेसिन जडान गरिएको भवनमा चिकित्सक कक्ष, बिरामी कुरुवा कक्ष नहुँदा यसअघि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको उनले बताए।

खासगरी, मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचान लगायतका लागि सीटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ।

अस्पतालमा सीटी स्क्यान मेसिन सञ्चालन भएमा बिरामीहरूले दुई हजार पाँच सयदेखि चार हजारसम्ममा सेवा सुविधा पाउनेछन्। यसअघि, सेतीमा सीटी स्क्यान मेसिन सञ्चालनमा नआउँदा विरामीहरूले ६ हजारदेखि ११ हजार शुल्क तिरेर धनगढीका निजी अस्पताल तथा भारतका विभिन्न स्थान, नेपालको कोहलपुर, काठमाडांै लगायतमा सेवा लिन जानुपर्ने बाध्यता थियो।

प्रादेशिक अस्पतालमा तीनजना रेडियोलोजिस्ट रहेको अस्पतालले जनाएको छ। डा पाण्डेका अनुसार दुई जना स्थायी र एक जना छात्रवृत्तिमा गरी तीनजना रेडियोलोजिस्टले बिहान र साँझसँगै इर्मेजेन्सीमा सेवा प्रदान गर्नेछन्।

आर्थिक वर्ष ०७७-७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो।

पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो। पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाख रुपैयाँमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि भवन अभावका कारण मेसिन सञ्चालनमा ढिलाइ भएको थियो।

यस्तै, अस्पतालले छिट्टै एमआरआई सेवा पनि सुचारु गर्ने तयारी गरेको छ। एमआरआई भन्सार पुगिसकेको र केही महिनाभित्र जडान गरी सञ्चालनमा ल्याइने उनले बताए।

No description available.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.