Advertisement

बेलारुसका विदेशमन्त्रीको अचानक मृत्यु

0 46

Advertisement

११ मंसिर, एजेन्सी । बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको ६४ वर्षको उमेरमा निधन भएको छ । मेकी सोमबार रुसी समकक्षी सर्गेई लावरोवसँग भेटघाटको तयारीमा थिए । मृत्युको कारणबारे केही जानकारी दिइएको छैन ।

उनको निधनको खबरले बेलारुसमा शोकको लहर छ । मेकीले सन् २०१२ देखि आफ्नो पद सम्हालिरहेका थिए । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले मेकीको निधनमा आफ्नो समवेदना व्यक्त गरेका छन् ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले आफ्नो टेलिग्राम च्यानलमा बेलारुसका विदेश मन्त्रालयका प्रमुख भ्लादिमिर मेकीको मृत्युको खबरले आफूहरु स्तब्ध भएको बताएकी छिन् ।

यस्तै, बेलारुसका निर्वासित विपक्षी नेता स्वेतलाना सिखानसकायाले मेकीको निधनमा टिप्पणी गर्दै मेकीलाई बेलारुसका जनताको गद्दार भनेका छन् । स्वेतलानाका अनुसार सन् २०२० मा मेकीले बेलारुसी जनतालाई धोका दिएका थिए र अत्याचारको समर्थन गरे । उनका अनुसार बेलारुसका जनताले उनलाई यसरी नै याद गर्नेछन् ।

६४ वर्षका मेकीले हालै सामुहिक सुरक्षा सन्धीको संगठन (सिएसटिओ) को एक सम्मेलनमा भाग लिएका थिए । यस्तै सन् २०२० मा बेलारुसमा राष्ट्रपति चुनाव र ठूलो परिमाणमा सरकारी प्रदर्शन अघि मेकी पश्चिमी देशसँग बेलारुसको सम्बन्ध सुधार्न भरसक तयारी गरिरहेका थिए । यतिमात्रै होइन, उनले यसका लागि रुसको आलोचना पनि गरेका थिए । यद्यपि, उनले विरोध सुरु भएपछि उनले एक्कासी आफ्नो अडान परिवर्तन गरे । आफ्नो बचाउमा उनले आफू पश्चिमी एजेन्टद्वारा प्रेरित भएको बताएका थिए ।

फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र बेलारुसबीच घनिष्ठ सम्बन्धका समर्थक मेकीले पश्चिमले युद्धका लागि उक्साएको र युक्रेन अधिकारीले रुसको शान्ति शर्तसँग सहमत हुनुपर्ने बताएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.