Advertisement

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

0 111

Advertisement

१३ असोज, जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको छ । त्यस्तै मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक बझाङेखोलामा दुर्घटना भएको हो ।

नाग्म गमगढी सडक खण्ड अन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्र दुर्घटनाको जोखिम क्षेत्र हो । दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरुले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.