Advertisement

रुसी दुतावासअगाडि धर्ना : युक्रेनमा आक्रमण रोक्न आग्रह

0 113

Advertisement

०५ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा असोज ५ गते रुसी दुतावासअगाडि धर्ना दिएका छन्। उनीहरुले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन्।

काठमाडौंस्थित रुसी राजदुतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले ‘रुस : युक्रेनको सार्वभौमसत्ताको सम्मान गर’, ‘रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर’, ‘रुस : युद्ध रोक’, ‘शान्ति प्रवद्र्धन गर’, ‘रुस : युक्रेनमाथि आक्रमण बन्द गर’, ‘शान्ति दिवसको सन्देश : युद्ध निषेध’ आदि शान्ति विशेष सन्देश लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

धर्नापश्चात् रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र रुसी राजदुतासबासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । पत्रमा रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्नका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै असोज ५ गते शान्ति समाजका चितवन, दाङ, सुर्खेत, बाँके, नवलपुर, तेह्रथुम, रुपन्देहीसहित एक दर्जन शाखाहरुले धर्ना तथा प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउन थालिएको हो । अहिंसा र युद्धविराम मार्फत शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.