Advertisement

टी–२० मा नेपालको अहिलेसम्मकै कीर्तिमानी जीत

0 656

Advertisement

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदारजितको साथ च्याम्पियन बनेको छ । नेपालले घरेलु मैदान टियुमा ११ वर्षपछि उपाधि जितेको हो ।

जितको लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६, ओपनर म्याक्स ओडाउडले सर्वाधिक २० र कप्तान पिटर शिलार १३ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । नेपालले यो टि२० आई इतिहासमै बनाएको सर्वाधिक ठूलो योगफल हो । नेपालले लगातार तेस्रो पटक २ सय भन्दामाथिको योगफल बनाएको हो । नेपालले नेदरल्यान्ड्सँग दोस्रो खेलमा २ सय ६ र मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । समग्रमा चौथो पटक नेपालले २ सयमाथि योगफल बनाएको हो । पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

जुन नेपालको टि२० क्रिकेटमा सर्वाधिक योगफल हुँदै आएको थियो । कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्का सहित ५० रनमा अविजित रहे । कुशलले २४ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । उप कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे ।

नेपालका ओपनर कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल भुर्तेल नेपालबाट एकै सिरिजमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । कुशलले १३ औैं ओभरको चौथो बलमा छक्का साथ ४३ बलमा अर्धशतक पूरा गरेका थिए । कुशल भुर्तेलले क्याच ड्रपको कारण ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २।२ ओभरमा ३० रनको साझेदारी गरेका थिए । स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेलेका आसिफ लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच लिएपछि नेपालले पहिलो विकेट गुमाएको थियो । आसिफले ८ बलमा २ छक्का र १ चौका सहित १६ रन बनाए ।

दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ५७ रनको अर्धशतकीय साझेदारी गर्दै इनिङ सम्हालेका थिए । ज्ञानेन्द्र बोइससेवेनको १० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा कभरमा पिटर शिलारबाट क्याच आउट हुन पुगे । ज्ञानेन्द्र ठूलो सट खेल्न खोजेपनि लिडिङ एजको कारण सफल हुन सकेनन् । ज्ञानेन्द्र १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनमा आउट भए ।

तेस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले ७६ रनको साझेदारी गरेका थिए । कुशल र दीपेन्द्रले ७५ रनको अविजित साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका फिलिपे बोइससेवेनले २ विकेट लिए ।

नेपालले टि२० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जितको हो । यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले सन् २०१८ अक्टोबरमा मलेसियामा भएको आइसिसी वल्र्ड टि२० एसिया क्वालिफायर बी को उपाधि जितेको थियो । नेपालले सन् २०१९ जुलाईमा मलेसियासँग दुई टि२० सिरिजमा क्लिनस्विप गरेको थियो । २०१९ को सुरुवातमै यूएईसँगको तीन टि२० आई सिरिज २–१ ले जितेको हो । नेपालले त्रिकोणात्मक सिरिज भने पहिलो पटक जितेको हो ।

नेपालले ११ वर्षपछि घरेलु मैदान टियुमा उपाधि जितेको हो । पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.