Advertisement

जोखिम भत्ताविना जोखिमको काम गर्दै स्वास्थ्यकर्मी

0 622

Advertisement

११ वैशाख, काठमाडौं । गौरीफन्टा सीमानाकामा सञ्चालनमा रहेको ‘हेल्थ डेस्क’का कर्मचारी जोखिम भत्ताविना नै काम गरिरहेका छन् । “आफूहरु जोखिम भत्ताविना नै जोखिमको काममा खटिनुपर्ने अवस्था छ”, हेल्थ डेस्कका स्वास्थ्यकर्मी गणेश साउदले भन्नुभयो, “काम गर्दा गर्दै सङ्क्रमित हुनुभएका एक जना स्वास्थ्यकर्मी केही दिनको आइसोलेशनको बसाइँपछि नतिजा नेगेटिभ आउँदा पुनःकाममा फर्किनुभएको छ ।”

यहाँ खटिएका १७ जना स्वास्थ्यकर्मीमध्ये धनगढी उपमहानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए पनि जिल्ला स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मी भने गत वर्षदेखि नै जोखिम भत्ता नपाएको बताइएको छ ।

हेल्थ डेस्कमा खानेपानी, खाजा नास्ताको व्यवस्थापनमा समेत समस्या भइरहेको कर्मचारीको गुनासो छ । भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि कारोनाको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ ।

भारतबाट फर्किनेबाट नै समुदायमा सङ्क्रमण बढी देखिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.