मृतक यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ आउने तयारी भएपछि मृतकको घरअगाडि तनाव उत्पन्न भएको हो ।
१५ साउन, सिरहा । प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको घरअगाडि तनाव सिर्जना भएको छ ।
मृतक यादवका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ आउने तयारी भएपछि मृतकको घरअगाडि तनाव उत्पन्न भएको हो ।
गृहमन्त्री गुरुङको सुरक्षा व्यवस्था गर्न पुगेका सुरक्षाकर्मी र स्थानीयबीच त्यहाँ तनाव भएको हो । गृहमन्त्री गुरुङ आउने भएपछि नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिरहाबाट टोली पुगेको थियो ।
यसरी टोली पुगेपछि स्थानीयले मृतक यादवको घरअगाडि घेराउ गरेका छन् । यस्तै, स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरिरहेका छन्


+ There are no comments
Add yours