११ महिनामा करिब ११ हजार ईभी आयात, जेठमा मात्रै भित्रिए २२ सय बढी

०८ असार, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा करिब ११ हजार युनिट ईभी गाडि(कार, जीप र भ्यान) आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा १० हजार ८४७ युनिट ईभी भित्रिएका हुन् ।

उक्त ईभी आयात गर्दा २५ अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको छ भने १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार यो अवधिमा २ वटा अनएसेम्बल गाडि भित्रिएका छन् ।

५० किलोवाट सम्मका ३ हजार ६८० वटा ईभी भित्रिएका छन् । जसमध्ये चिनबाट २ हजार २३० र भारतबाट १ हजार ४५० वटा भित्रिएका हुन् । यस्तै, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार ३५७ वटा गाडि भित्रिएका हुन् । उक्त क्षमताका गाडि चिनबाट ४ हजार ७१५, भारतबाट ८१७, थाइल्याण्डबाट ८२४ र बेलायतबाट १ वटा भित्रिएका हुन् ।

त्यसैगरी, १०० देखि २०० किलोवाटसम्मका ७९८ र २०० देखि ३०० किलोवाटसम्मका १० वटा गाडि आयात भएका हुन् ।

जेठमा मात्रै २२ सय बढी भित्रिए

​​​​​​​विभागका अनुसार जेठमा २ हजार २४० वटा ईभी भित्रएका छन् । जसबाट ५ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ भने ३ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

जेठमा ५० किलोवाट सम्मका ८३२ वटा, ५० देखि १०० किलोवाट सम्मका १ हजार ३३२ वटा, १०० देखि २०० किलोवाट सम्मका ७५ वटा र २०० देखि ३०० किलोवाट सम्मको १ वटा ईभी गाडि आयात भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours