जेमिनीले अब प्रयोगर्ताको लागि फाइलहरू बनाउन गर्न सक्ने

२० बैशाख, काठमाडाैँ । गुगलको जेमिनीले अब प्रयोगर्ताको लागि सजिलै फाइलहरू बनाउन गर्न सक्ने सुविधा प्रस्तुत गरेको छ। समर्थित फर्म्याट (ढाँचाहरूमा) वर्कस्पेस फाइलहरू (डक्स, सिट्स र स्लाइड्स), .pdf, .docx, .xlsx, .csv, LaTeX, प्लेन टेक्स्ट (TXT), रिच टेक्स्ट फर्म्याट (RTF) र मार्कडाउन (MD) रहेका छन्।

यो सुविधा अब सबै जेमिनी प्रयोगकर्ताहरूको लागि विश्वव्यापी रूपमा उपलब्ध छ। प्रयोगकर्तालाई मात्र एउटा प्रम्प्ट चाहिने र त्यसपछि जेमिनीले प्रयोगकर्ताले चाहेको फाइल उत्पन्न गर्ने बताइएको छ।

यो नयाँ सुविधाले कपि, पेस्ट र रिफर्म्याट नगरी “प्रयोगकर्तालाई आफ्नो काम सजिलैसँग विभिन्न एप्लिकेसनहरूमा सार्न अनुमति दिने” गुगलले बताएको छ।

धेरैजसो समर्थित फर्म्याटहरूको लागि जेमिनीले एकपटक प्रयोगकर्ताले भनेको फाइल सिर्जना गरेपछि प्रयोगकर्ताले त्यो फाइललाई आफ्नो डिभाइसमा सिधै डाउनलोड गर्न सक्ने वा आफ्नो गुगल ड्राइभमा निर्यात गर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours