आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फागुन, काठमाडाैँ । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ।

काउन्सिले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो ।

मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ ।

आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोककल्याणकारीसहितका अन्य विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण गरिने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए ।

निर्वाचनको मौन अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील, सजग एवं सचेत रहन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा काउन्सिलले आग्रह गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours