०८ माघ, काठमाडाैँ । मिति २०८२ साल माघ ९ गते शुक्रबार उत्तरायण, शिशिर ऋतु ,माघशुल्क पञ्चमी तिथी राती १२ / २७ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी भएकोले यो दिनलाई श्रीपञ्चमी ,वसन्तपञ्चमी ,सरस्वतीपूजा ,रतिकामपूजा भन्ने गरिन्छ।यस दिन ब्रह्ममुहुर्त {४ बजे }उठेर आफ्नु नित्यकर्म सकेर वाणीकी अधिष्ठात्री सरस्वतीदेवीको षोड़शोपचारले पूजा गर्नुपर्दछ।त्यसपछी यो ऋतुमा श्रीकृष्णको लीला भरिएको चरित्र वसन्त राग श्रवणगरी रतिकामदेवको पूजा ,अर्चना गर्नुपर्दछ।प्राचीन भारतवर्षमा साललाई जुन छ ॠतुहरूमा बाँडिन्थ्यो तिनमा वसन्त मानिसहरूको मनपर्दो ॠतु थियो। जब फूलहरूमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरू लहलहाउँथे, आँपहरूका रुखहरूबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरू उडनथाल्थे।वसन्त ऋतुको स्वागत गर्न माघ महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णु र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो।

शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्यग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ।सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे। आफ्नो सृष्टिसित उनी खुशी थिएनन्। उनलाई केही कमी भएको भान हुन्थ्यो। जसको कारण चारतिर मौनता छाएकोथियो । विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो।यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो। यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो।अरु दुई हातहरूमा पुस्तक र माला थिए। ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे।जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो।
जलधारामा कोलाहल व्याप्त भयो।हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो।तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने। संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ।वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ।पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गर्नेछु भनेको हुनाले नेपालका धेरै भागहरूमा र भारतमा पनि वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ।
यस सम्बन्धमा पुराणहरूमा यस्तो भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन्।यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादनगर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ – आठ दिन वसन्तलाई समर्पण गरेछन्।यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोकजीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ।यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ। हातको अघिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ। अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ।यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ।सर्वप्रथमत् यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेकाथिए। यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दंडकारण्य पनि थियो।यहीं शबरी नामक भीलनी रहन्थी। जब राम उसको कुटीमा पुगे, उसले सुध-बुध हराई र चाखेर मीठा बेलका फल रामलाई खुवाउन लागी। प्रेममा जुठा बेलहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन्दं ।
डकारण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ।गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो।वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए।त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए।त्यहाँ शबरी माताको मन्दिर पनि छ।संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्।सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्।भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती कवच’को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे।
आवश्यकताअनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन्।बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्।वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत
महादेवी सर


+ There are no comments
Add yours