वटसावित्री व्रतको धार्मिक महत्व!

०१ जेठ, काठमाडौँ । मिति २०८३ साल जेठ २ गते शनिबार जेठकृष्णपक्ष औंसी तिथी राती २ / ०७ बजेसम्म त्यस उप्रान्त अधिक ज्येष्ठशुक्लपक्ष प्रतिपदा तिथी आरम्भ भएको हुनाले यो दिन स्त्री जातिले सौभाग्य बढाउनका लागि वटसावितत्रीको व्रतगर्नु आवश्यक छ।स्कन्दपुराणमा उल्लेख गरिएअनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले बरकाे रुखमुनि बसेर पूजा गर्दा त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

अर्को धार्मिक मान्यता अनुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुखमुनि नै बसेर याे पर्व मनाउने गरिन्छ ।पतिव्रता नारीले यस औंसीमा वरको रुखमुनी तीन रातसम्म उपवास बसेर विधिपूर्वक सुनको अथवा माटोको सावीत्रीको प्रतिमा बनाएर फलफूल ,नैवेद्य,वत्ती तथा हलेदो सिन्दुर पोते ,सौभाग्य सामाग्रीले सत्यवतीको समेत पुजा गर्नुपर्दछ।पुजा सकिएपछि विद्वान ब्राह्मणबाट कथा सुन्नु ।

सती सावित्री देवीं यमराजप्रपूजिताम्।
यमप्रसादात्सत्यवान्पुनर्जीवितमाप्नुयात्।।”

अर्थ: यमराज द्वारा पूजित सती सावित्री को नमन, जसको आशीर्वादले यमराजले सत्यवानको पुनः जीवित गरिदिनु भयो।

मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सक्नु भएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिनुभयो ।सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनीसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराउनुभयो ।राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेकाेले उनीहरु यतिखेर जंगलमा बस्ने गरेको सावित्रीले जानकारी गराइन् ।
यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरिसकेकाले अब उहाँसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो ।

त्यसपछि निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गर्नुभयो। त्यसपश्चाद पुजा समाप्ति गरेर त्यो सम्पुर्ण पुजा सामाग्री प्रतिमा सहित ब्राह्मणलाई दान दिने गर्नुपर्दछ ।यसो गर्नाले नारिको सौभाग्य बढ्दछ।अन्त्यमा वटवृक्षको परीक्रमा गर्दा यो मन्त्र पढ्नु पर्दछ।

“यथा शाखाप्रशाखाभिर्वृद्धोऽसि त्वं महीतले।
तथा पुत्रैश्च पौत्रैश्च सम्पन्नं कुरु मां सदा।।”

अर्थ: जस प्रकार हजुर (वट वृक्ष) शाखा र प्रशाखा बाट पृथ्वीमा बढ्नु हन्छ ।त्यसै प्रकार मलाई पुत्र-पौत्रको साथ सदा समृद्ध गर्नु होस्।

त्यसपछी यो मन्त्रद्वारा अर्घ्य दिनु पर्दछ।
“अवैधव्यं च सौभाग्यं देहि त्वं मम सुव्रते।

पुत्रान् पौत्रांश्च सौख्यं च गृहाणार्घ्यं नमोऽस्तुते।।”
अर्थ: हे सुव्रते (सावित्री), मलाई अवैधव्य (पतिको जीवित गरिदिनु होस्।)साथै सौभाग्य प्रदान गर्नु होस्।मेरो पुत्र, पौत्रलाई सुख दिनु होस भनि यो अर्घ्य स्वीकार गर्नु होस्।
पं- बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours