आज – १० पौष २०८२ बिहिवार को राशिफल

२०८२ पुस १० गते (२५ डिसेम्बर २०२५) बिहीवार, पौष शुक्लपक्ष पञ्चमी तिथि, १०ः५० बजेपछि षष्ठी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। सामाजिक प्रभाव बढ्नेछ। पेसाबाट अनुमानभन्दा बढी नै फाइदा उठाउन सकिनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह

विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। लाेकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चिताएका काममा नसाेचेका समस्या देखिनेछन् र सहयोग गर्नेहरू कमै भेटिनेछन्। सामान्य काममा बढी धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयमा समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले पनि उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते

बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

नसाेची निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला। साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ने समय छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours