कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली

०२ पुष, काठमाडौँ । नेपाल सरकारले उपहार स्वरुप कतारलाई दिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली बुधवार त्यसतर्फ उडेका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत खगेन्द्रप्रसाद र रुद्रकलीलाई कतार पठाइएको हो ।

हात्तीहरूसँगै एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो ।

कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हात्ती प्रजनन केन्द्रले जनाएको छ ।

यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बताए ।

दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours