२४ मंसिर, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका एक हस्ती लेखक एवं निर्देशक जगदीश्वर थापाले लामो समयको अन्तरालपछि चलचित्र क्षेत्रमा पुनरागमनमा लागि चलचित्र निर्माणमा जुटेका छन्।
उनले पछिल्लो समय लेखन एवम् निर्देशन गरेका चलचित्र राधेपछि पुन आफ्नै निर्माण कम्पनी बगाले फिल्मस् र पपकर्न मिडिया प्रा लीसँगको सहकार्यमा नयाँ चलचित्र निर्माण गर्ने तयारी गरेका छन्। मंगलबार बानेश्वरको कुशेश्वर मन्दिरमा विशेष पूजाआजा गरी चलचित्र निर्माणको औपचारिक घोषणा गरेका छन्।
चलचित्रको नाम प्राविधिक र कलाकारबारे अहिले सार्वजनिक नगरेता पनि छिट्टै विशेष पत्रकार सम्मेलन मार्फत चलचित्रका कलाकार नाम र प्राविधिक बारे जानकारी गराउने निर्देशक थापाले डिजिटल खबरलाई बताए।
माघको पहिलो साता देखि छायांकनमा जाने चलचित्रको छायाङ्कन देशका पूर्वी नेपालदेखि मध्यपश्चिम नेपालसम्मका २६ देखि २७ जिल्लामा छायाङ्कन हुने निर्माता एवं प्रस्तुतकर्ता राजेन्द्र तिवारीले बताए ।


+ There are no comments
Add yours