फ्रान्स फिफा विश्वकपमा छनौट

२८ कार्तिक, काठमाडौँ ।फ्रान्स फिफा विश्वकपमा छनौट भएको छ । युरोपको छनौट अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले युक्रेनलाई ४-० गोल अन्तरले पराजित गरेसँगै फ्रान्स २०२६ को विश्वकपका लागि छनौट भएको हो ।

फ्रान्सको जितमा किलीयन एम्बाप्पेले २ गोल गरे भने माइकल ओलीस र हुगो एकिटिकले एक एक गोल गरेका थिए ।

समुह डी मा रहेको फ्रान्सको यो जित पछि ५ खेलमा १३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै युक्रेनको भने ५ खेलमा ७ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

फ्रान्सले अब अर्को खेल नोभेम्बर १६ मा अजरबैजानसँग खेल्ने तालिका रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours