अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२३ भदौ, काठमाडौँ। स्वास्थ्य मन्त्रालयले अस्पतालमा रगत अभाव भए १११५ नम्बरमा फोन गर्न आग्रह गरेको छ ।

आज भएको जेनजीको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्धताबारे अस्पातललाई जानकारी प्रदान गर्न हटलाइन १११५ रातभर सञ्चालन गर्ने भएको छ।

मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्।

यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो।

तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्रालयले टेकु अस्पतालबाट ४ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीलाई सिभिल अस्पातलको इमर्जेन्सीमा खटाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours