नेपाली काँग्रेसका सभापति थापाले गरे मतदान

२१ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए ।

“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उनले भने, “निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।”

नेपाली काँग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours