मतदानको दिन आज कहाँको मौसम कस्तो ?

२१ फागुन, काठमाडौं । मुलुकका अधिकांश हिस्सामा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार केही हिमाली र पहाडी क्षेत्रमा भने मौसममा सामान्य फेरबदल भई हल्का वर्षा र हिमपात हुनसक्ने देखिएको छ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहे पनि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, मधेस प्रदेशको अधिकांश तराई क्षेत्रमा घाम लाग्ने र मौसम खुल्ने महाशाखाको पूर्वानुमान छ ।

बागमती प्रदेशका हिमाल, पहाड र तराईका विभिन्न स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने देखिन्छ । गण्डकी प्रदेशका सबैजसो भू–भागमा भने आज आंशिक बादल लाग्ने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि तराईका जिल्लाहरूमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगमा भने आज मौसम सफा रहने जानकारी दिइएको छ । सुदूरपश्चिमको तराई क्षेत्रमा पनि खासै बादल नलाग्ने र मौसम खुलेकै रहने महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहे पनि समग्रमा देशैभरको जनजीवनमा मौसमले ठूलो असर पार्ने देखिएको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours