२७ साउन, काठमाडाैं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ।
गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब २४ करोडको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। इम्पेरमेन्ट चार्जमा आएको कमी र ब्याज तथा कमिशन आम्दानीमा भएको वृद्धिका कारण नाफा वृद्धिदर उच्च देखिएको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत र सञ्चालन मुनाफा ६४.४६ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको २ अर्ब ३ करोडबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेको छ, जसले सञ्चालन मुनाफा र खुद नाफा वृद्धिलाई थप बलियो बनाएको छ।
असार मसान्त २०८० सम्ममा बैंकको चुक्ता पूँजी १८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १०.४१ रुपैयाँ छ।
बैंकको प्रतिशेयर आम्दानी (EPS) ५.६६ रुपैयाँले बढेर १७.९० रुपैयाँ पुगेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात (P/E Ratio) १५.१० गुणा र प्रतिशेयर नेटवर्थ १८०.६८ रुपैयाँ रहेको छ।
इम्पेरमेन्ट चार्जमा आएको कमी र आम्दानीका विभिन्न क्षेत्रमा भएको वृद्धिका कारण एनएमबि बैंकले गत आर्थिक वर्षमा बलियो वित्तीय प्रदर्शन गरेको छ। बैंकको यो प्रगतिले लगानीकर्ता र सरोकारवालाहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।


+ There are no comments
Add yours