नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. भट्टराई नियुक्त

१२ जेठ, काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् ।

डा.भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम नियुक्ति गरिएको खानेपानी मन्त्रालयकी सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताइन् ।

उनका अनुसार नेपाल खानेपानी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको हो ।

अध्यक्ष नियुक्त भएका डा. भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours