०८ जेठ, काठमाडौं । स्थानीय बजारमा एभोकाडोको मूल्य फेरि उकालो लागेको छ । बुधबार प्रतिकिलो ६३ रुपैयाँले बढेको एभोकाडोको मूल्य आज फेरि ९७ रुपैयाँ बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार आज एभोकाडोको मूल्य थोकमा प्रतिकिलो ७ सय रुपैयाँ कायम छ । बुधबार एभोकाडो किलोको ६ सय ३ रुपैयाँमा किनबेच भएको थियो । मंगलबार भने प्रतिकिलो ५ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
४ महिनाअघि एभोकाडो प्रतिकिलो २ सय २० देखि ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
२०८१ माघ दोस्रो साता बजारमा एभोकाडोको थोक भाउ किलोको ४ सयदेखि ४ सय ५० रुपैयाँ पुगेको थियो । त्यसपछि फागुन दोस्रो साता आइपुग्दा भाउ बढेर ५ सय ८० देखि ६ सय रुपैयाँसम्म पुगेको थियो ।


+ There are no comments
Add yours