एनआईएमबीका ग्राहकले होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट पाउने

०७ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई खाना र सफ्ट ड्रिबक्समा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले प्रदान गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours