१८ कार्तिक, काठमाडौं । कियाले सिरोस ईभी डेलिभरी सुरु गरेको छ । नाइमा मोविलिटी एक्स्पोमा पोस्टर देखाएर बुकिङ लिइएको सिरोस ईभी कन्टिनेन्टल ट्रेडिङले डेलिभरी थालेको हो ।
कम्पनीले भारतमा गाडी लन्च हुने वित्तिकै साउन २६ गतेबाट सुरु भएको नाइमा मोविलिटी एक्स्पोमा सिरोस ईभी लन्च गरेको थियो । कम्पनीले ३७ लाख ९० हजार मूल्य तोकेको भएपनि अटो शोमा बुकिङ गर्ने १०० जनालाई ३५ लाख ९० हजारमै दिने जनाएको थियो ।
बास्तबिक बुकिङ कति भयो एकिन जानकारी छैन । तर, कम्पनीले पोस्टरकै भरमा १ हजार युनिट माथि बुकिङ भएको जनाएको थियो ।
किया सिरोस ईभीमा ४२ किलोवाट आवर ब्याट्री छ । नेपालमा आएको सिरोस ईभीको इन्ट्री भेरियन्ट हो । यसमा १२६ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ ।

कियाका अनुसार सिरोस ईभीमा १९७ एमएको उच्च ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । कियाले यसलाई ‘के–१ प्लेटफर्म’मा आधारित रहेर बनाएको हो । यसमा लिक्विड कुल्ड थर्मल म्यानेजमेन्टसहित आइपी ६७ रेटेड निकल म्यांगनिज कोबाल्ट ब्याट्री प्रयोग गरिएको छ ।
यसको अगाडिको भागमा परम्परागत ग्रिलको सट्टा क्लोज ग्रिल र परिमार्जित बम्पर राखिएको छ । कियाको सिग्नेचर ठाडो ‘आइस क्युब’ एलईडी हेडल्याम्प छ । यसको साइडमा मोटो बी पिलर र झ्यालको रेखा माथितर्फ मोडिएको आकर्षक सी पिलर छन् । यसमा १७ इन्चको नयाँ डुअल टोन एलोय ह्वील र फ्लस डोर ह्याण्डल दिइएको छ ।
पछाडिको टेलगेटमा स्पष्ट रूपमा ‘ईभी’ ब्याजिङ गरिएको छ । माथिल्लो भागमा जडान गरिएको एल आकारको ठाडो एलईडी टेल ल्याम्प र ट्रयांगुलर विन्डशिल्ड इलेमेन्टसहितको कालो बम्परले यसलाई मस्कुलर लुक दिएको छ ।
यसको इन्टेरियरमा ट्रिपल पानो डिस्प्ले छ । जसमा १२.३ इन्चको एचडी टचस्क्रीन, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले र ५ इन्चको टचस्क्रीन क्लाइमेट कन्ट्रोल प्यानल रहेको छ ।
वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, सिफ्ट बाई वायर कोलम सिफ्टर, रिजेनेरेटिभ ब्रेकिङको लागि प्याडल सिफ्टर, रियर एसी भेन्ट, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, रियर सनशेड पर्दा, कभर गरिएको फ्रंक र अल ह्वील डिस्क ब्रेक दिइएको छ ।


+ There are no comments
Add yours