२१ वैशाख, तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जना युवा शनिबार दिउँसो पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–८ निवासी २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन् ।
उनीहरू चढेको ना.४० प २६४१ नम्बरको मोटरसाइकल मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गर्दा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारेको हो ।
प्रहरीका अनुसार रकमको स्रोत खुल्न नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हाल यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


+ There are no comments
Add yours