खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ

२१ माघ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाबाट लागूऔषध खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिकाको वडा नं. ४ चिडियादहबाट प्रहरीले ३१ वर्षिय सागर श्रेष्ठलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको टोलीले श्रेष्ठलाई १.५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours