Advertisement

नेपाली मह काठमाडौँकै सडकमा फाल्ने कृषकहरूको चेतावनी

0 9

Advertisement

२८ चैत, काठमाडाैँ । स्वदेशी किसानले उत्पादन गरेको महले बजार नपाउँदा किसान पलायन हुने अवस्थामा पुगेका छन्। भारतीय महले नेपाली बजार कब्जा गर्दा स्वदेशी किसानको मह नबिक्दा किसानहरू निराश छन्।

भारतीय र विदेशी कम्पनीबाट उत्पादित मह छ्यापछ्याप्ती बिक्री भइरहँदा स्वदेशी मह भने बिक्री हुनै छाडेको किसानको गुनासो छ। किसानले आफुले उत्पादन गरेको मह बिक्री नभए पछि बजारको उचित व्यवस्था, मूल्य र सहजीकरण गरिदिन भन्दै सरकारलाई समेत गुहार्न पुगेका छन्।

जसअन्तर्गत बिहीबार नेपाल मौरी पालक किसान महासंघका प्रतिनिधिहरूले कृषिमन्त्री ज्वालाकुमारी शाहलाई भेटी ज्ञापनपत्र समेत बुझाए। त्यतिमात्र होइन, नेपाली महको बिक्री र बजारीकरणमा सरकारले ध्यान नदिए काठमाडौँका सडकमा ल्याएर मह पोख्न बाध्य हुने नेपाल मौरी पालक किसान महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए।

‘मह र मौरीका बारेमा कृषिमन्त्रीलाई समस्या र त्यसका उपाय, राज्यले गर्नुपर्ने काम र उत्पादनको अवस्थालगायतका विषयमा बिफ्रिङ गयौ। यहाँको मह बिकेन र भारतबाट आयातित महले बजार कब्जा गरेकाले किसान पलायन हुने अवस्थामा पुग्यौँ।’ उनले भने।

विगत ३ वर्षदेखिको उत्पादित मह बिक्री नभएर थन्किएको उनले बताए। हालसम्म करिब ४ हजार मेट्रिक टन मह बिक्री नभई स्टकमा थन्किएको उनी बताउँछन्।

बहुराष्ट्रिय कम्पनी डाबर लगायतले बजारी गर्दा नेपाली किसानले उत्पादन गरेको महलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाई छ। ‘अहिले काठमाडौंलगायतका सहरमा पनि बाहिरको मह आयो। किसानको मह कत्ति पनि बिकेको छैन,’ उनले भने।

नेपाली महको तुलनामा भारतबाट सस्तोमा मह आयात भइरहेको सन्दर्भमा भन्सारमा मह आयातमा ६० प्रतिशत कर लगाउन समेत किसानले कृषिमन्त्रीसमक्ष माग गरेका छन्।

कात्तिकदेखि वैशाखसम्म भारतीय मह आयात पूर्ण प्रतिबन्ध गर्नुपर्ने किसानको माग छ। कृषिमन्त्रीसमक्ष आफुले राखेका माग सम्बोधन नभए छिट्टै नै काठमाडौँका सडकमा स्वदेशी मह पोख्न बाध्य हुने पनि पौडेलले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.