Advertisement

चौलानी ग्रुपले सवा १ अर्ब लगानीमा धनगढीमा बनाइरहेको छ ५ तारे चेन होटल, आगामी जुलाईबाट सञ्चालनमा आउने

0 11

Advertisement


२४ चैत,धनगढी। चौलानी ग्रुपले कैलाली जिल्लाको धनगढीमा सवा एक अर्ब लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । ग्रुपको क्लब चौलानी प्रालिले १ अर्ब २२ करोड ५० लाख रुपैयाँमा ‘लेमन ट्री होटल’ ब्राण्डमा पाँच तारे होटल निर्माण गरिरहेको छ ।

कम्पनीले चेन होटल लेमन ट्री होटल लिमिटेडसँग सम्झौता गरेर उक्त ब्राण्ड नेपाल भित्र्याएको हो । कम्पनीले होटलमा ८० वटा सुविधासम्पन्न होटल हुने जनाएको छ।

डा. राजेन्द्र केसी अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९५ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

होटल निर्माणका लागि ९३ करोड ५० लाख कर्जा र २९ करोड रुपैयाँ लगानी कम्पनीले गर्नेछ । जसमा लगानीकर्ताले हालसम्म १२ करोड ७० लाख रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीअनुसार लगानीकर्ताले प्रतिबद्धता जनाकएकोमध्ये हालसम्ममा ४३ प्रतिशत लगानी जुटाइसकेको छ ।

त्यस्तै होटल निर्माणका लागि हालसम्ममा ४७ प्रतिशत खर्च भइसकेको कम्पनीको भनाइ छ । पाँच तारे होटलमा रेष्टुरेन्ट, क्याफे, फिटनेश सेन्टर, स्वीमिङ पुल र सौनाको सुविधा दिनेछ । कम्पनीले होटल निर्माण दुई चरणमा निर्माण गर्नेछ । पहिलो चरणमा ३० वटाको स्टयान्डर्ड कोठाको सुविधासहित अल-कार्टे रेष्टुरेन्ट, थकाली रेष्टुरेन्ट, बेकरी क्याफे, स्वीमिङ पुल, व्यायामशाला, स्टिम, सौना, स्पा एण्ड कन्फरेन्स हल हुनेछ ।

दोस्रो चरणमा भने कम्पनीले ५० वटा स्ट्यान्डर्ड, डिलक्स र सुइट कोठा निर्माण गर्नेछ । साथै बैङ्क्वैट र लाइभ क्यासिनो निर्माण गर्ने जनाएको छ । कम्पनीले आगामी जुलाईबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर होटल पूर्णक्षमतामा भने आगामी सन् २०२५ को अक्टोबरबाट सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ ।

सन् २०२४ मा भारतीय कम्पनी लेमन ट्री होटल्ससँग सम्झौता गरेर फ्रेनचाइज भित्र्याएको होटलले भारतीय पर्यटकलाई आकर्षण गर्ने जनाएको छ । लेमन ट्री होटल भारतको सबैभन्दा ठूलो चेन होटल हो । भारतको तेस्रो ठूलो चेन होटल भएको कम्पनीले भारतमा मात्रै ८४ वटा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीको भारतको ५२ वटा शहरमा ८ हजार ३ सय कोठाको सुविधा दिँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.