Advertisement

रूसका नयाँ राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

0 15

Advertisement

०५ चैत, काठमाडौंँ । रुसका लागि नयाँ राष्ट्रपतिको रुपमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन्। उनी आफ्नो ५औँ कार्यकालका लागि निर्वाचित भएका हुन्।

अन्य ३ जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन्।

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो। जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन्। त्यतिबेला उनी ७७ वर्षका हुनेछन्।

जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन्। उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन्। यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो। तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.