Advertisement

इङ्गल्यान्डका पूर्व फुटबलर स्टेन बाउल्सको निधन

0 18

Advertisement

१३ फागुन, काठमाडौँ । इङ्गल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी स्टेन बाउल्सको निधन भएको छ । आफ्नो समयका चर्चित स्ट्राइकर बाउल्सको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ ।

बाउल्सले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, क्विन्स पार्क रेन्जर्स, ब्रेन्टफोर्डलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । उनी लामो समयदेखि अल्जाइमर रोगबाट पीडित थिए । उनले आफ्नो सक्रिय खेल जीवनमा पाँच सय ६० भन्दा बढी खेल खेलेका थिए ।

बाउल्सले सन् १९७४ देखि सन् १९७७ सम्म इङ्गल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले क्विन्स पार्क रेन्जर्सका लागि मात्र तीन सय १५ खेल खेल्दै ९७ गोल गरेका थिए ।

‘बाउल्स आफ्नो समयका निकै प्रभावशाली खेलाडी थिए । उनी हाम्रो क्लबसँग अभिन्न रूपमा जोडिएका थिए । उनको निधनको खबरले हामी स्तब्ध: बनेका छौँ । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ,’ क्विन्स पार्क रेन्जर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.