Advertisement

सर्लाहीबाट ११६ केजी गाँजा बरामद, कार चालक पक्राउ

0 51

Advertisement

११ फागुन, काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ स्थित नयाँरोड बरहथवा सडक खण्डबाट ११६ केजी गाँजा बरामद गरेको छ । निजी कारमा गाँजा बोकेर हिँडेका कार चालकलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा पूर्वी नवलपरसीको गैँडाकोट नगरपलिका–११ घर भएका ३० वर्षीय सूर्य परियार छन् । बिहीबार सूर्य परियारले चलाएको बागमती प्रदेश–०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँच गर्दा गाँजा फेला परेको एसपी ज्ञवालीले जानकारी दिए ।

सो कार दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.