Advertisement

अमेरिकी डलरको भाउ घट्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, कुन मुद्राको भाउ कति पुग्यो ?

0 13

Advertisement

०९ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज डलरको भाउमा गिरावट आएको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ४५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ०५ पैसामा सीमित भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ५१ पैसाबाट बढेर खरिदमा १४२ रुपैयाँ ९८ पैसा र बिक्रीम १४३ रुपैयाँ ६३ पैसा पुगेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलरको भाउ पनि बढेर एकको खरिद दर ८६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८७ रुपैयाँ २० पैसा पुगेको छ । यता, क्यानेडियन डलरको भाउ भने घटेको छ । आज क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

यसैगरी, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पर्नेछ । आज जापानिज येन, साउदी अरेवियन रियाल र कतारी रियाललगायतका मुद्राको भाउ सामान्य घटेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.