Advertisement

विश्वकप लिग-२ : नामिबियाविरुद्ध दोस्रोपटक भिड्दै नेपाल, पहिलो हारको बदला लिने योजना

0 21

Advertisement

०९ फागुन, काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ ।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यो खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

नेपाल रोहित पौडेल तथा नामिबिया जेराल्ड इरास्मसको कप्तानीमा रहेको छ ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने गरेकाले आजका खेलमा पनि टसको महत्वपूर्ण भूमिका हुने छ ।

टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दा हारेर ब्याटिङ गर्ने टोली समस्यामा पर्ने गरेको छ ।

नेपाल जारी सिरिजमा एकमा जित र एकमा हार व्यहोरेको छ । नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.