Advertisement

हिमालयन रिइन्स्योरेन्सको नाफा दोब्बर

0 13

Advertisement

२९ माघ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा समीक्षा अवधिमा झण्डै दोब्बर भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्म) वित्तीय विवरणअनुसार ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ३० करोड १७ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी र लगानी तथा ब्याजवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ ।

कम्पनीले दोस्रो त्रैमासमा १ अर्ब ९९ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ । गत वर्षको यस अवधिमा यस्तो आम्दानी ७८ करोड ३८ लाख रुपैयाँ मात्रै थियो । त्यस्तै लगानी तथा ब्याजवापतको आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ३७ करोड ४२ लाख रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ४७ करोड ३२ लाख रुपैयाँ छ ।

कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५ पैसा छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा छ । कुल १० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीले ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । साथै बोनस सेयरपश्चात कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेगरी आगामी साधारणसभामा प्रस्ताव लैजाँदै छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.