Advertisement

सवारी दुर्घटना न्यूनीकरणका गर्न चितवनमा ट्राफिक सप्ताह

0 47

Advertisement

२६ माघ, भरतपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनमा ट्राफिक सप्ताह सुरु भएको छ ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विशेष पहलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा आज बाट औपचारिक रुपमा प्रारम्भ भएको सप्ताह कार्यक्रममा भरतपुर महानगरपालिका नगर प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख भुपेन्द्र थापाको बिशिष्ट आतिथ्यता,यातायात व्यवस्था कार्यालय प्रमुख पदम प्रसाद बजगाई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्री,जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की,सशस्त्र प्रहरी वल हेडक्वाटर १७ नं. गण सशस्त्र प्रहरी उपरीक्षक शशी पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यलय भरतपुर चितवन,प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदी, उद्योग बाणिज्य संघ, रेडक्रस, नेपाल पूर्व प्रहरी संगठन, सरकारी तथा प्राईभेट अस्पतालका प्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका नगर प्रमुख रेणु दाहालले समुदायको तल्लो तहसम्म सडक दुर्घटनासम्बन्धी सचेतना फैलाएर दुर्घटना न्यूनीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छिन् ।

नेपालमा दैनिक १२ जनाको सवारी दुर्घटनामा परी मृत्यु हुनेगरेको छ भने गत आर्थिक वर्षमा २८३ सवारी दुर्घटनामा १२० जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।” सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सशस्त्र प्रहरी, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, ग्रामीण भेगमा सचेतनाका कार्यक्रम गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.