Advertisement

वैदेशिक रोजगारमा रहेकालाई सर्वोत्तमको आईपीओ बाँडफाँट

0 14

Advertisement

१७ माघ, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ । बुक बिल्डिङ विधिमा खुलेको आईपीओ भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनैपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनैपर्ने व्यवस्था छ । सोअनुसार ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्यामा आवेदक मात्रै समेटिएका हुन् । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।

वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.