Advertisement

अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकद्वारा मुद्दा दायर

0 51

Advertisement

०६ माघ, काठमाडौँ । अमेरिकी गायिका म्याडोनाका दुई प्रशंसकहरूले गत महिना न्यूयोर्कमा भएको एक कन्सर्टमा गायिकाले दुई घण्टा भन्दा बढी ढिलो कार्यक्रम गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

माइकल फेलो र जोनाथन ह्याडेनले दर्ता गराएको मुद्दामा म्याडोनाको तीन रातको कन्सर्ट स्थानीय समयअनुसार २०ः३० मा सुरु हुने भनिए पनि त्यो समयमा नभई २२ः३० मा कन्सर्ट सुरु भएको र १ बजे सकिएको उल्लेख गरेका छन् ।

उनीहरुले कन्सर्ट यति ढिला सकिने थाहा पाएको भए आफूहरूले टिकट नकिन्ने उल्लेख गरेका छन् ।‘कन्सर्टमा सहभागी धेरै टिकटधारीहरू काममा जान वा भोलिपल्ट आफ्नो पारिवारिक जिम्मेवारी सम्हाल्न चाँडै उठ्नुपर्थ्यो’, मुद्दामा भनिएको छ ।

उनीहरुले आयोजक लाइभ नेसन र कन्सर्ट स्थल बार्कलेज सेन्टरलाई पनि ‘झुटो विज्ञापन, लापरबाही, अनुचित र भ्रामक व्यापार अभ्यास’ गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् । फेलो र ह्याडेन गत डिसेम्बर १३ को दिन कन्सर्टमा उपस्थित थिए । तर कानुनी कागजात हेर्दा त्यो स्थानमा १४ र १६ डिसेम्बरमा पनि दुई घण्टा ढिला कार्यक्रम सुरु भएको थियो ।

‘प्रतिवादीहरूले टिकटबाहकलाई दुई घण्टा ढिलो गरी कन्सर्ट सुरु हुनेछ भनेर सूचना दिन असफल भएका थिए । जस कारण टिकट बाहकले केही घण्टा पर्खनु परेको थियो’, मुद्दामा भनिएको छ ।

मुद्दाको पत्रमा म्याडोनाले यसअघि पनि धेरै कन्सर्टमा ढिलो गाउने गरेको उदाहरण उल्लेख गरिएको थियो । जसअनुसार सन् २०१६ को रेबेल हर्ट टुर, २०१९–२०२० को म्याडेम एक्स टु र त्यसअघिका टुरमा पनि उनले ढिलो आइपुग्ने, कन्सर्ट ढिलो गर्ने गरेको उल्लेख छ ।

फ्यानहरूले म्याडोनाको कन्सर्ट ढिलो भएकोमा आपत्ति जनाएको यो पहिलोपटक होइन । सन् २०१९ मा एक प्रशंसकले युएस शोमा ढिलाइ गरेको भन्दै म्याडोनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । तर, एक महिनापछि उनले स्वेच्छाले मुद्दा फिर्ता लिए ।

सोही वर्ष म्याडोनाले एक लाइभ कन्सर्टको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यहाँ उनले ‘त्यहाँ केही कुरा छ, जुन सबैले बुझ्न आवश्यक छ । र त्यो हो, रानी कहिल्यै ढिलो हुँदैन’ म्याडोनाले भनेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.