Advertisement

हलिउड अभिनेता आर्नोल्ड स्वार्जेनेगर जर्मनीको एयरपोर्टमा तीन घण्टामा नियन्त्रणमा

0 88

Advertisement

०४ माघ, एजेन्सी । विश्वचर्चित हलिउड अभिनेता तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्वगभर्नर आर्नोल्ड स्वार्जेनेगरलाई जर्मनीको म्युनिख विमानस्थलमा तीन घण्टा नियन्त्रणमा लिइएको छ ।

२६ हजार युरो मूल्य पर्ने महंगो घडीको स्रोत देखाउन असफल भएपछि उनलाई भन्सार अधिकारीहरुले नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ । ७६ वर्षीय अभिनेता लस एन्जलसबाट म्युनिखतर्फ जाँदै थिए ।

अभिनेताले उक्त महंगो घडीलाई जलवायु संकटविरुद्धको च्यारिटीका लागि अक्सनमा बिक्री गर्ने तयारीमा थिए । भन्सार अधिकारीले स्वार्जनेगरको लगेज जाँच गर्दा महंगो घडी फेला पारेका थिए, जसलाई भन्सारको फारममा उनले खुलाएका थिएनन् ।

म्युनिखको मुख्य भन्सार कार्यालयका प्रवक्ताले भने, ‘हामीले आपराधिक कर कारवाही सुरु गरेका छौं । घडी आयात भएको हुनाले दर्ता गराउनुपर्थ्यो ।’ उक्त घडी आफ्नो जलवायु अभिनयलाई दान दिइएको र यसलाई आफूले अष्ट्रियाको स्की रिसोर्टमा आयोजित कार्यक्रममा लिलामी गर्न लागिएको बताएका थिए ।

जर्मनीको ट्याब्लोइड अखबार बिल्डका अनुसार अधिकारीले स्वार्जेनेगरलाई कर र जरिवाना समावेश गर्दै ३५ हजार युरो तिराइएको छ । अभिनेताले आफ्नो क्रेडिट कार्डबाट शुल्क तिर्न प्रस्ताव गरेको भनिएको छ, तर जर्मनीको भन्सार नियमअनुसार शुल्कको आधा रकम नगदमै तिर्नु आवश्यक छ ।

भन्सार अधिकारीले स्वार्जेनेगरलाई आफ्नो यात्रा जारी राख्न अनुमति दिनुअघि नगद झिक्न बैंकमा गएको बताइएको छ । भन्सारका प्रवक्ताले भने, ‘यदि सामानहरु ईयूमा रहन्छ भने तपाईंले भन्सारमार्फत यसको घोषणा गर्नुपर्नेछ । यो सबैमा लागू हुन्छ । चाहे तिनीहरुको नाम स्वार्जनेगर होस् वा मुलर, मेयर र ह्युबर ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.