Advertisement

भियतनामको वैदेशिक व्यापार ६८३ अर्ब अमेरिकी डलर

0 35

Advertisement

१४ पुस, हनोई । भियतनामले सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको छ । यो परिमाण गत वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो ।

यसै बिच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ ।

विशेषगरी, निर्यात राजस्व ४.४ प्रतिशतले घटेर ३५५.५ अर्ब डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा ८.९ प्रतिशतले घटेर ३२७.५ अर्ब डलर पुगेको छ ।

भियतनामको औद्योगिक प्रशोधन समूहको निर्यात राजस्व सन् २०२३ मा ३१३.७३ अर्ब डलर पुगेको छ ।

सो अवधिका लागि चीन भियतनामको सबैभन्दा ठूलो आयात बजार बनेको छ जसको कारोबार १११.६ अर्ब डलर पुगेको अनुमान गरिएको छ ।-(रासस–सिन्ह्वा)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.