Advertisement

आईफोन एसेम्बल गर्न भारतमा ठूलो कारखाना खोल्दै टाटा ग्रुप, ५० हजारलाई रोजगारी दिने

0 43

Advertisement

२३ मंसिर, काठमाडौं । टाटा ग्रुपले भारतमा सबैभन्दा ठूलो आईफोन एसेम्ब्ली प्लान्ट बनाउने भएको छ । ब्लुमबर्गका अनुसार तमिलनाडुको होसुरमा रहने गरी टाटाले प्लान्ट बनाउन लागेको हो । भारतमा एप्पलको उत्पादनका लागि आवश्यक पर्ने उक्त प्लान्ट १२ देखि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने टाटा ग्रुपकाे याेजना छ ।

यसमा २० ओटा एसेम्बली लाइन निर्माण गर्ने र ५० हजार बढीलाई रोजगारी दिइने समेत बताइएको छ । टाटा ग्रुपले भारतमा एप्पल उत्पादन गर्न पाँच हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घाेषणा गरेकाे थियाे । साथै तामिलनाडु औद्याेगिक विकास कर्पोरेसन टिड्कोबाट ५०० एकड जमिन समेत प्राप्त गरिसकेकाे छ ।

त्यस्तै आईफोन उत्पादनबाहेक टाटा ग्रुपले एप्पलका सामग्री पाइने सयभन्दा बढी रिटेल स्टोर समेत खोल्ने जनाएको छ । यसले भारतमा एप्पलको उपस्थिति अझै बलियो बनाउने बताइएको छ । गत वर्ष मात्रै भारतले सात अर्ब डलरभन्दा बढी मूल्यका आईफोनहरू एसेम्बल गरेको थियो । त्यसले आईफोन उत्पादनमा भारतको हिस्सा सात प्रतिशत बढाएको बताइन्छ ।

पछिल्लो समयमा आपूर्ति श्रृंखला विविधीकरण गर्न र चीनमाथिको निर्भरता घटाउन एप्पलले भारतीय कम्पनीहरूसँग आफ्नो साझेदारी बढाइरहेको छ । यसअन्तर्गत नै टाटा ग्रुप एप्पलसँग जोडिएको हो । एप्पलले भारतमा विस्ट्रोन कर्पोरेशनसँग पनि साझेदारी गरेको थियो, जसले कर्नाटकमा आईफोन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.